Author: Bizness Khabar
काठमाडौं, २५ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । यसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी चैत १७ गतेमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ । यसका लागि न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र…
काठमाडौं, २५ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाडौं, नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं, २३ फागुन । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दैै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयअनुसार बैठकले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । त्यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन…
काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३ सय ६६ दिनको मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो । उक्त रकम २०८१ चैत ३ गतेदेखि २०८२ चैत ३ गतेसम्मका लागि लगानी गर्न लागिएको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा १६ करोड रुपैयाँ, ख वर्गको राष्ट्रिय…
काठमाडौं, २३ फागुन । नेपाली बजारमा लगातार चार दिनदेखि बढिरहेको सुनको मुल्य आज भने घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी ५ रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर एक हजार ९ सय…
काठमाडौं, २३ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । तर, भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी १७ लाख १७ हजार जनाको हात खालीे भएको छ । कुल आवेदनमध्ये १०…
काठमाडौं, २२ फागुन । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा नेपाल चेम्वर अर्फ कमर्ष (एनसिसि र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) बीच सम्झैता भएको थियो । समिट ‘इकोनमी फर सस्टेनेबल एन्ड रेसिलेन्ट फ्युचर’ भन्ने नाराका साथ आयोजना हुने भएको छ । यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यवसायिक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय÷क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा छलफल र बहस गरिने जनाइएको छ । बहस…
काठमाडौं, २२ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ७० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८ सय १८ दशमलव ४३ को विन्दुमा बन्द भएको छ । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज कारोबार १० अर्ब १० करोडमा झरेको छ । यस दिन १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटक किनबेच भएको छ । बिहीबार ३१० धितोपत्र कारोबारमा आए, जसमध्ये १३२ धितोपत्रको शेयर मूल्य घटेको छ । त्यस्तै ९९ धितोपत्रको शेयर…
काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूची अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी सरुवा भएर गएका छन् ।पहिले उनी गृहमन्त्रालयमा सह-सचिव थिए । त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई पठाइएको छ । सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886