Author: Bizness Khabar
काठमाडौं, ११ कार्तिक । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले शेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । बिहीबार बजार बन्द हुँदा यस बैंकको शेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ छ । बैंकले चालु…
काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका छन् । एआरएनले आइतबार काठमाडौँमा गरेको गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजजीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नर्गन सुझाव दिएका हुन् । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने…
काठमाडौं, ११ कार्तिक । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । शनिवार साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका–२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । शनिवार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन् । च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन तोलाको सुन तोलाको १ लाख ६६ हजार रुपैयाँ कायम भएको थियो । यसअघि गत कात्तिक ७ गते १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ ।…
काठमाडौं, ११ कार्तिक । भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति २.१६३ अर्ब अमेरिकी डलरले घटेको छ । अक्टोबर १८ मा समाप्त भएको सातामा डलर ६८८.२६७ बिलियन डलर पुगेको भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले जारी गरेको साप्ताहिक तथ्याङ्कले देखाएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको यो लगातार तेस्रो साता हो । अघिल्लो साता विदेशी मुद्रा सञ्चिति १०.७४६ अर्ब डलरले घटेको थियो । जुन झन्डै तीन वर्षयताकै सबैभन्दा ठुलो गिरावट हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठुलो अंश विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ८६५ करोड डलरले घटेर ५९८.२३६ अर्ब डलरमा झरेको छ । सुनको भण्डार १.७८६ अर्ब डलरले बढेर…
काठमाडौं, ११ कार्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग–२ को खेल खेल्न लागेको हो । लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो । सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो । नेपालले आज खेल्ने खेल लिग–२ को नवौं खेल हा े। यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ…
काठमाडौं, ९ कार्तिक । सरकारले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्लोभानियासमेत ११ स्थानका अवैतानिक वाणिज्यदूत र महावाणिज्यदूतहरुको पदावधि थप गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यस्तै, मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौं, ९ कार्तिक । सरकारले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रबार ललितपुर र भक्तपुरसहितका १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको हो । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ । गृहको निर्णय अनुसार भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ । ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ । ललितपुरमा रमेश ढकाल सीडीओ बनेका छन् । त्यस्तै जिल्ला…
काठमाडौं, नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ मा सुनको असर्फी बिक्री गर्ने भएको छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आगामी मंगलबार एक दिनका लागि २.५ ग्राम तौलका सुनका असर्फी बिक्री गर्ने जनाएको हो । सुनको असर्फी अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । उक्त दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म सिक्का बिक्री गरिनेछ भने एउटा व्यक्तिलाई एक थानका दरले सुरुमा आउनेलाई प्राथमिकतामा राखेर उपलब्ध भएसम्म मात्रै असर्फी बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । सुनको सिक्काको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र…
काठमाडौं, ९ कार्तिक । सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले ’हनिमुन डेज’मा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ,’ सभापति देउवाले भने । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ । बाढी पहिरोमा पनि…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886