Author: Bizness Khabar

काठमाडौं, १६ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा राजस्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आव २०८०/८१ को पहिलो साढे पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन ३ दशमलव ०१ प्रतिशत बिन्दुले बढेको हो । आवको साढे पाँच महिनासम्ममा रू. ४ खर्ब ३१ अर्ब ४९ करोड राजस्व उठाएको छ, जुन वार्षिक लक्ष्यको ३० दशमलव ४ प्रतिशत मात्रै हो । सो अवधिमा रू. ३८ अर्ब ३७ कारेड गैर–राजस्व कर हो भने रू. ३ खर्ब ९३ अर्ब १२ करोड राजस्व कर हो । चालू आवमा रू. १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य…

Read More

कुल नारायण श्रेष्ठ, काठमाडौं, १५ पुस । लामो समयदेखि शिथिल रहेको निर्माण क्षेत्रमा पछिल्लो समय सुधारको केही संकेत देखिएका छन् । चालू आर्थिक वर्षको ५ महिनामा निर्माण क्षेत्रसँग सम्बन्धित हेभी इक्वीपमेन्टको आयातले यस क्षेत्रमा सुधार हुन थालेको देखाएको हो । भन्सार विभागका अनुसार गत आवको पहिलो पाँच महिनामा गत आवको सोही अवधिको तुलनामा निर्माणका ठूला उपकरणको आयात ४७ दशमलव १७ प्रतिशतले बढेको छ । गत मंसिरसम्ममा रू. ७ अर्ब ४७ करोड ५६ लाखको हेभी इक्वीपमेन्ट भित्रिएको छ । गत आवको यसै अवधिमा यस्ता उपकरण रू. ५ अर्ब १४ करोड ९३ लाखको भित्रिएको थियो । आवको पाँच महिनामा सबैभन्दा धेरै आयात…

Read More

काठमाडौं, १५ पुस । सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् । सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको हो । उनी यसअघि सीडीएससीकै सञ्चालकका रुपमा काम गर्दै आइरहेकी थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन थियो ।

Read More

काठमाडौं, १५ पुस । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबर दिन आइतबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर१ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १४ पुस । यस साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ५८ को विन्दुमा बन्द भएको छ । गत हप्ताको कारोबार अन्तिम दिन नेप्से ४.१९ अङ्कले बढेर २,६३० को विन्दुमा कायम भएको थियो । आज नेप्सेमा ह्रास आएपनि कारोबार रकम भने केही बढेको छ । एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब ३२ करोड…

Read More

काठमाडौं, १४ पुस । यस साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत हप्ताको अन्तिम दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको सुन आज ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय…

Read More

काठमाडौं, १४ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ७० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ७० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ ६ गते हुने छ…

Read More

कुल नारायण श्रेष्ठ, काठमाडौं, १२ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा तरकारी आयात मूल्य र परिमाण दुबैले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा आयात मूल्य ३० दशमलव २८ प्रतिशत बढेको छ परिमाण ९ दशमलव ३२ प्रतिशतले बढेको छ । गत मंसिर मसान्तसम्ममा रू. १९ अर्ब ५१ करोड ३० लाख मूल्य बराबरको ३ लाख ४४ हजार ७९५ मेट्रिक टन तरकारी आयात भएको छ । गत आवको यसै अवधिमा रू. १४ अर्ब ९७ करोड ६६ लाख मूल्य बराबरको ३ लाख १५ हजार ३८० मेट्रिक टन आयात…

Read More

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत (लाइसेन्स) खारेज गरेको छ । विप्रेषण कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी), र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) का लाइसेन्स खारेज गरिदिएको हो । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै तीन कम्पनीहरूले लिएको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन सहित)को विनियम (१३ को उप) विनियम (५) बमोजिम खारेज गरिएको जनाएको छ । विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको…

Read More

काठमाडौं, १२ पुस । यस साताको अन्तीम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More