Author: Bizness Khabar

काठमाडौं, ११ फागुन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार ७५५ दशमलव ४ बिन्दुमा कायम भएको छ । आज २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ६२ करोड ७६ लाखको कारोबार भएको थियो । आज ९२ धितोपत्रको शेयर मूल्य बढ्दा १४७ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् । आज अन्य समूहको…

Read More

काठमाडौं, ११ फागुन । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरेको आईपीओ…

Read More

काठमाडौं, ११ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत ३ गते हुने छ…

Read More

काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागिका लागि लक्षित गरेर वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन  “Guidelines on Targeted Financial Sanctions for Securities Markets Participants”  जारी गरेको जनाएको छ । उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको United Nation Sanctions List मा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन कारोबारमा भए नभएको एकिन गर्नुपर्ने छ । धितोपत्र बजार सहभागीहरूले कारोबारको तथ्याङ्क (डेटाबेस) मा…

Read More

काठमाडौं, ९ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत चार दिनदेखि लगातार बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिनसुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेकोे छ । यस दिन चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, ९ फागुन । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।

Read More

काठमाडौं, ८ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव १४ अङ्कले घटेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ४३ दशमलव ७४ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ११.९१ अङ्कले बढेको नेप्से २७३९ को विन्दुमा थियो । आज रकम पनि घटेको छ । मंगलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ५६ लाख ३७ हजार ६ कित्ता शेयर ८६ हजार २२३ पटक किनबेच भएको छ । बिहीबार…

Read More

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष (आव)को ७ महिनामा नेपालले १५९ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १२४ देशसँग व्यापार घाटामा हुँदा ३५ देशसँग मात्रै बचतमा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । गत माघ मसान्तसम्ममा नेपालले व्यापार गरेको मुलुकमध्ये सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसँग भएको छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । सो अवधिमा भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोडको सामान भित्रिएको छ भने ९८ अर्बको मात्रै निर्यात गरेको छ । अर्को छिमेकी मुलुक चीनसँग पनि नेपाल व्यापार घाटामै छ । चीन भारतपछि सबैभन्दा धेरै व्यापार…

Read More

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनामा सवा ११ खर्बको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार माघ मसान्तसम्ममा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १३ दशमलव ३० प्रतिशत बढी हो । गत आवको ७ महिनामा ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको व्यापार भएको थियो । चालू आवको माघमा आयात र निर्यात दुवैमा सुधार भएको तथ्याङ्कले देखाउँछ । गत माघसम्ममा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १० दशमलव ०९ प्रतिशत धेरै…

Read More

काठमाडौं, ८ फागुन । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (फागुन ८ गत)ेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । जसअनुसार कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरकाका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन  गरेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो । यसको अर्थ माघ १५ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर खरिद गर्न आवेदन दिन सक्नेछन्। आवेदनको म्याद…

Read More