Author: Bizness Khabar
काठमाडौं, १० पुस । नेपालको चिया उद्योगले केही दशकयता अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ । नेपाली चियाको विशेषता यसको प्राकृतिक स्वाद, अर्गानिक गुणस्तर र हावापानीसँग जोडिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिना रू. २ अर्ब ८८ करोड ६६ लाख मूल्य बराबरको चिया निर्यात भएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ५४ दशमलव २२ प्रतिशत बढी हो । गत वर्षको पहिलो पाँच महिनामा रू. १ अर्ब ८७ करोड १७ लाखको निर्यात भएको थियो । नेपालमा उत्पादन भएका चियामध्ये सबैभन्दा धेरै निर्यात मेची भन्सारबाट हुँदै आएको छ । यो…
काठमाडौं, ९ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय २६ दशमलव ३१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २,६१२ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकम पनि घटेको छ । एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४३ करोडको कारोबार भएको थियो । मंगलबार ३१२ धितोपत्र कारोबारमा आए,…
काठमाडौं, ९ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासन गरेको थियो । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । उक्त एफपीओमा सोमबारसम्म १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा १३ लाख ८६ हजार २०३ जनाबाट १ करोड ९६…
काडमाडौं, ९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार…
काठमाडौं, ९ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं, ९ पुस । बजारमा अधिक तरलता थुप्रिएपछि आज (मंगलबार) नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २१ गते हुने छ ।
काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव)२०८१/८२ को पहिलो पाँच महिनामा नेपालले डेढ सय मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको पक्षमा छैन । सो अवधिमा १४९ वटा देशसँग व्यापार हुँदा ११९ देशसँग नेपाल व्यापार घाटामा छ । बाँकी ३० देशसँगको व्यापारमा मात्रै नेपाल बचतमा रहेको भन्सार विभागले जनाएको छ । चालू आवको मंसिरसम्ममा नेपालले छिमेकी मुलुक भारतसँग सबैभन्दा बढी व्यापार घाटा बेहोरेको छ । भारतसँग ३ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ बराबरको व्यापार घाटा छ । पाँच महिनामा नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ५२…
काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पछिल्ला महिना नेपालको आयात व्यापारमा सुधार हुन थालेको छ । चालू आर्थिक वर्षको भदौमा थोरै बढेर असोजमा घटेको आयात त्यसपछिका महिनामा बढ्न थालेको हो । आवको पहिलो चार महिनामा ० दशमलव २ प्रतिशतले बढेको आयात पछिल्लो महिना अर्थात् मंसिरसम्म आइपुग्दा ३ प्रतिशतले बढेको छ । आवको पहिलो पाँच महिनामा साढे ६ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पहिलो पाँच महिनामा रू. ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाखको वस्तु आयात भएको हो, जुन कुल वैदेशिक व्यापारको ११ दशमलव १३ प्रतिशत हो । सो आवधिमा…
काठमाडौं, ८ पुस । विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ’शार्क ट्याङ्क’ को नेपाली संस्करण ’शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ । नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ । सोमबार काठमाण्डौमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना शार्कहरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरुमा लगानी गरी उनीहरुको व्यवसाय विस्तारमा सहयोग पु¥याउनेछन् । पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति…
काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा करिब साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.२१ प्रतिशत बढी हो । गत आवको मंसिरसम्ममा ७ खर्ब ५ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको छ । विभागका अनुसार मंसिरसम्ममा ८३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत आवको तुलनामा निर्यात १६.१४ प्रतिशतले बढेको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886