Author: Bizness Khabar

काठमाडौं, ३० साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ३० साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ । आज साउन ३० गतेदेखि खुला गरिएको आईपीओ यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरिएको बिक्री वितरणपछि दोस्रो चरणमा ल्याइएको हो । संस्थाले कुल जारी पूँजीको ४० प्रतिशत बराबरको २ लाख ३१ हजार कित्ता (२ करोड ३१ लाख रुपैयाँ) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको थियो । अब बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर…

Read More

काठमाडौं, २९ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले बढेर दुई हजार ७८८ दशमलव ३६ बिन्दुमा कायम भएको हो । आज १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो । आज १०८ धितोपत्रको शेयर मूल्य बढ्दा १४१ को घटेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् । बिहीबार अन्य १ दशमलव ८, व्यापार शून्य दशमलव…

Read More

काठमाडौं, २९ साउन । नेपाली बजारमा केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, २९ साउन । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक शेयर (आईपीओ) आज साउन २९ गते बाँडफाँट गरिएको छ । बाँडफाँट कार्य बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नयाँ बानेश्वरस्थित कार्यालयमा सम्पन्न भएको हो । नतिजा लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ वा कम्पनीको आधिकारिक वेबसाइटबाट हेर्न सक्नेछन् । कम्पनीको आईपीओमा कुल २२ लाख ९६ हजार ४६५ जनाले २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका लागि आवेदन दिएका थिए । यामध्ये १ लाख ८५ हजार ९१० आवेदन रद्द भएका छन् । बाँकी आवेदनको आधारमा २ लाख ४२ हजार २१३ जनाले १०–१०…

Read More

काठमाडौं, २८ साउन । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई नगद पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत गत सोमबार बसेको मन्त्रिपरिषदले प्रोत्साहन स्वरुप ढाँटलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीका अुनसार ढाँटका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको छ । ओलीले नेपाललाई पहिलो पटक उपाधि दिलाउन सफल भएकोमा ढाँटलाई फेरि पनि बधाई दिएका छन् । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा ढाँटले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।

Read More

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । ओलीले आजको बैठकमा पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि तथा समसामयिक विषयमा सम्बोधन छन् । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका थिए ।

Read More

काठमाडौं, २८ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, २८ साउन । सागर डिष्टिलरी लिमिटेडको आजदेखि आईपीओ खुलेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले…

Read More

काठमाडौं, २८ साउन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २२ गते हुने छ ।

Read More