Author: Bizness Khabar

काठमाडौं, २ पुस । माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको १ पुसमा बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट हुने बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ । सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी १ अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५…

Read More

काठमाडौं, २ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । आज चाँदी प्रतितोला १हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको थियो ।

Read More

काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । कम्पनीले पुष २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुष १५ गतेसम्म…

Read More

काठमाडौं, १ पुस । यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेका छ । यो ह्राससँगैसोमबार परिसूचक २ हजार ६ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३३.४२ अंकले घटेर २६८२ बिन्दुमा रोकिएको थियो । नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर ६७ हजार ६४८ पटक किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ६ अर्ब ८ करोड रुपैयाँ बराबरको…

Read More

काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा सरकारकोे पुँजीगत खर्च ११ दशमलव ५९ प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मंसिरसम्ममा विकास लक्षित पुँजीगत खर्च रू. ४० अर्ब ८० करोड भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा ० दशमलव ३६ प्रतिशत विन्दुले कमी हो । गत आवको पहिलो पाँच महिनामा यस्तो खर्च वार्षिक बजेट विनियोजनको ११ दशमलव ९४ प्रतिशत अर्थात् रू. ३६ अर्ब ६ करोड थियो । चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ रू. ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट रू. ३ खर्ब…

Read More

काठमाडौं, १ पुस । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २ गते केबुलकारको टावर मर्मत सम्भारका लागि सेवा बन्द गरिएको जानकारी दिएको हो । सूचनाअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ । केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने प्रालिले जनाएको छ ।

Read More

काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा एक हजार ८६० बाट २० रुपैयाँ घटेको थियो ।

Read More

काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा भियतनामसँगको वैदेशिक व्यापारमा नेपाललाई दुई अर्ब व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा नेपालले भियतनामसँग रू. दुई अर्ब ४७ लाखको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा भियतनामबाट रू. २ अर्ब ३ करोड ३० लाख मूल्य बराबरको वस्तु आयात हुँदा रू. २ करोड ८३ लाखको मात्रै निर्यात भएको छ । नेपालले भियतनाममा गरेको निर्यात त्यहाँबाट भएको आयातको १ दशमलव ३९ प्रतिशत मात्र हो । गतवर्षको यसै अवधिमा भियतनामबाट रू. २ खर्ब ४ करोड ८४ लाखको वस्तु आयात हुँदा रू. ४ करोड ३८ लाखको…

Read More

काठमाडौं, १ पुस । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आज (सोमबार) बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ ।

Read More

काठमाडौं, १ पुस । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हा । उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीलाई वितरण गरिनेछ । साथै बैठकले कम्पनीको साधारणसभा पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि…

Read More