Author: Bizness Khabar
काठमाडौं, १ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । मन्त्रालयले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पत्राचार गर्दै पशुपति गौशाला धर्मशाला खाली गराउने काम अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन दिएको हो । कोषले २३ असोजमा गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास परिषद्को असोज २० गते बसेको बैठकको निर्णयअनुसार पठाइएको पत्रले हाल उत्पन्न परिस्थितिले पशुपति क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न निर्देशन दिएको हो…
काठमाडौं, १ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई असोज २९ गते ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न अनुमति दिएको हो । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत छ ।सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउनुपर्नेमा यस कम्पनीको २६. २० प्रतिशत मात्रै छ । सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउन कम्पनीले एफपीओ जारी गर्न लागेको…
काठमाडौं, ३० असोज । नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार विहान ३ बजे चितवनस्थित निवासमा निधन भएको हो । नेकपा मालेको स्थायी कमिटीका परामर्श सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनको बुधबार नै अन्त्येष्टि गरिएको माले केन्द्रीय सदस्य परशुराम लामिछानेले जानकारी दिए । उनका अनुसार शोक सभामा माले महासचिव सीपी मैनालीका साथै विभिन्न दलका नेता कार्यकर्ता उपस्थित थिए । श्रेष्ठका एक छोरा र एक छोरी छन् ।
काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीसँग राजदूत युताकाले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुुई देशको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । भेटमा असोज ११ र १२ गतेको बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी थिए ।
काठमाडौं, ३० असोज । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव २२ अङ्कले बढेको छ । यस अङ्कको वृद्धिसँगै आज परिसूचक २ हजार ७ सय ४२ दशमलव दशमलव ८८ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर ६५ हजार ८४५ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । आज ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २०६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३५…
काठमाडौं, ३० असोज । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड रुपैयाँ अर्थात् १ दशमलव ४ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह ३३ अर्ब ६० करोड (०.७ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ । चालू आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाबाट…
काठमाडौं, ३० असोज । संसारकै सबैभन्दा बढी धनी व्यक्तिहरूमध्यकेका एक एलन मस्कले अमेरिकी पूर्व राष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन डलर सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनाजी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएको खुलेको छ । मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो । जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस…
काठमाडौं, ३० असोज । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो । संसदीय सिुनुवाइ समितिले असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । सुनुवाइ समिति सचिवालयका अनुसार एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित र नियुक्ति प्रक्रियासँग सम्बन्धित उजुरी रहेको बताइएको छ । न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो…
काठमाडौं, ३० असोज । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले हालको चुक्ता पूँजीको आधा अर्थात् १ बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत पाएको हो । सेबोनले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासनको अनुमति दिइएको हो । हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ । हाल यस कम्पनीको सेयर मूल्य २७८ रुपैयाँ हाराहारीमा छ ।
काठमाडौं, ३० असोज । नेपाली बजारमा यस साताको कारोबारको दोस्रो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज १८ गते प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । आज सुनको मूल्य अघिल्लो दिन (मंगलबार)को तुलनामा प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886