Author: Bizness Khabar

काठमाडौं, ६ बैसाख । राष्ट्रियसभा सदस्यमा डा.अन्जान शाक्य मनोनीत भएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् । शाक्य नेकपा एमालेको विदेशविभाग सचिव थिइन् । यसअघि उनी ओली सरकारका पालामा इजरायलका लागि राजदूतसमेत बनेकी थिइन् ।  

Read More

काठमाडौं, ६ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । उच्चको फैसलाविरुद्ध उनी सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेस गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेस गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद…

Read More

काठमाडौं, ६ बैसाख । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताए । वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा…

Read More

काठमाडौं, ६ बैसाख । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को लागि लाभांश नदिने घोषणा गरेको छ । संस्थाको वैशाख ५ गते बसेकोे सञ्चालक समितिको बैठकले आव २०७९÷८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । संस्थाले आव २०७८÷७९ का लागि पनि लाभांश दिएको थिएन ।

Read More

काठमाडौं, ६ चैत । पोखरामा बिहीबार बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा १प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते नागरिकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं, ६ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ । ‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ । एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता…

Read More

काठमाडौं, ६ बैसाख । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादन आयोजनाको संख्या बढ्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार ६ सय ५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट ४ जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा बनिरहेका आयोजनाबाट एक सय ७८.४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत्…

Read More

काठमाडौं, ६ बैसाख । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ । अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी दिएको छ । अमेरिकाको ऋणको आकार ३५ ट्रिलियन डलरको रेकर्ततोड स्तरमा पुगेको छ । आइएमएफले दिर्घकालिन अमेरिकी सरकारी बन्डहरूको प्रतिफलमा भएको वृद्धि अन्य उन्नत र विकासशील अर्थतन्त्रहरूको सरकारी ऋणपत्रको प्रतिफलमा भएको वृद्धि समान रहेको जनाएको छ । ‘अमेरिकाको खुकुलो आर्थिक नीतिले विश्वव्यापी…

Read More

काठमाडों, ६ बैसाख । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । सरकारले आज बैशाख ६ र ७ गते दुई दिन बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।…

Read More

काठमाडौं, ५ बैसाख । चिनियाँ कार निर्माता कम्पनी बिवाईडीले दुईवटा कन्सेप्ट कारसहित तीनवटा कारको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ब्राण्ड फ्रायान्गचेङबाओको अधिनमा ३ वटा कारको मोडल सार्वजनिक गरेको हो । कम्पनीले मंगलबार लाईस्ट्रिम इभेन्टमार्फत बाओ ८ एसयुभी,सुपर ३ कन्सेप्ट क्रसओभर र सुपर ९ कन्सेप्ट स्पोर्ट कार सार्वजनिक गरेको हो । कम्पनीले यी कारहरु अर्को साता बेईजिङमा सुरु हुने अटो शोमा प्रर्दशनी गर्ने तयारी गरेको छ । बिवाईडीले कारको मूल्य र कहिलेदेखि बजारमा यी कारहरु उपलब्ध हुन्छ भन्नेबारे भने केहि पनि उल्लेख गरेको छैन । अधिकांश फ्रायान्गचेङबाओ लाइनअप प्लग–इन हाईब्रिड सिस्टममा आधारित छन् । यसलाई डुअल मोठ…

Read More