Author: Bizness Khabar
काठमाडौं, १५ माघ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै आज नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ्ग प्रणालीबाट २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । यसका लागि दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसअघि आइतबार राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको…
काठमाडौं, १४ माघ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि दायित्व भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिए । बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी…
काठमाडौं, १४ माघ । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित "Sigma Diagnostic Laboratory" मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरु "Dusit Thani Himalayan Resort” मा १५% र "Himalaya Drishya Resort" मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ…
काठमाडौं, १४ माघ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चादी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १३ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै आज नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको जनाएको छ । राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते तोकिएको छ…
काठमाडौं, १३ माघ । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १३ माघ । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हाल कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमवार हस्ताक्षर गरेको वैदेशिक अनुदान पुनर्मूल्याङ्कनसम्बन्धी कार्यकारी आदेशका आधारमा ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको बीबीसीले जनाएको छ । उक्त आदेशपछि मन्त्रालयले आफू मातहतका निकायहरूमा त्यस्तो पत्र पठाएको पाइएको हो । ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर…
सुनिता सुवेदी, काठमाडौं, ११ माघ । अहिले कक्षा १२ होस् वा स्नातक अध्ययन गरिरहेका विद्यार्थी, पढाइपछि के गर्ने भनेर सोध्दा उनीहरुको मुखमा आउँछ, विदेश । नेपालबाट युवा विदेशिनुको प्रमुख उद्देश्य शिक्षा र रोजगारी हो । देशमा रोजगारीका अवसरको कमी, उच्च तलबको आकर्षण र सुरक्षित भविष्यको आशाले युवाहरूको रोजाइमा वैदेशिक रोजगारी रहेको छ । तर अहिले वैदेशिक रोजगारीमा पनि परम्परागत गन्तव्य क्रमभंग हुन थालेको छ । विगतमा मलेसिया र खाडी मुलुक नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य हुने गरेकोमा पछिल्ला ३–४ वर्षयता युरोपेली मुलुकमा रोजगारीको आकर्षण बढेको छ । सरकारी निकायको श्रम स्वीकृतिको तथ्यांकले पनि ती गन्तव्यमा नेपाली जाने क्रम बढेको देखाएको…
काठमाडौं, १० माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर दुई हजार ६५४ दशमलव ३५ बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबार दिन बुधबार नेप्से ५२ दशमलव ३६ अङ्कले बढेको थियो । आज १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा रू. ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार विकास…
काठमाडौं, १० माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब साढे दुई गुणा बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत मंसिरसम्ममा वैदेशिक सहायता प्रतिबद्धता ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २५० दशमलव ८९ प्रतिशत बढी हो । गत आवको मंसिरसम्ममा यस्तो प्रतिबद्धता ३८ अर्ब ५५ करोड रुपैयाँ थियो । कुल सहायता प्रतिबद्धतामध्ये अनुदानतर्फ ३० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३१ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै ऋणतर्फ ६६ अर्ब ५ करोड ९७ लाख अर्थात् ६८ दशमलव ३ प्रतिशत छ । तथ्याङ्क अनुसार कुल सहायता प्रतिबद्धतामध्ये…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886