Author: Bizness Khabar
काठमाडौं, २० मंसिर । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार परिसूचक १५ दशमलव ९३ अङ्कले घटेर २ हजार ७ सय ३४ दशमलव ९३ को विन्दुमा बन्द भएको छ । अघिल्ले नि नेप्से २४.९७ अङ्कले घटेर २,७५० को विन्दुमा कायम भएको थियो । नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । एक करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर ८७ हजार ४७६ पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब १३ करोड २४ लाखको कारोबार भएको…
काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली २ बजे काठमाडौं आइपुगेका हुन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । त्यसक्रममा नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच…
काठमाडौं, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताएको राससमा उल्लेख छ । वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए । ‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्”, गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा…
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन काठमाडौं, २० मंसिर । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, श्री ३ हरुका वृतान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।
काठमाडौं, २० मंसिर । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो । द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले…
काठमाडौं, २० मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत अर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १९ गते बसेको ३१० औं संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४४ करोड ६५ लाख रुपैयाँ बराबरकोे कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो, जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको समयसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ ।
रुमन श्रेष्ठ, काठमाडौं, १९ मंसिर । कुनै समय थियो, जतिबेला पैसाको कारोबार व्यक्ति व्यक्तिबीच प्रत्यक्ष भेटेर गरिन्थ्यो । अथवा अर्को व्यक्तिमार्फत लेनदेन हुन्थ्यो । नेपालमा करिब ९ दशक अघिसम्म पैसाको कारोबार यसरी चल्थ्यो । भौतिक रूपमा व्यक्तिको उपस्थिति हुनै पर्थ्यो । पहिलोपटक वि.सं. १९९४ साल कार्तिक ३० गते नेपाल बैंक लिमिटेडको स्थापना भयो । तत्कालीन समयमा सिक्काको प्रयोग हुन्थ्यो । पछि वि.सं. २००४ बाट नेपालमा कागजी नोटको सुरुवात भयो । अब पैसा कारोबार गर्न सहज हुन थाल्यो । एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन व्यक्ति नै जानुपर्ने अवस्था अन्त्य भयो । बैंकिङ कारोबार केही व्यवस्थित पनि भयो । यसले पैसा…
काठमाडौं, १९ मंसिर । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा सबै आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताउँदै चार महिनाभित्र सबै आर्थिक बर्षको लेखा परीक्षण सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवालालाई निर्देशन दिएका हुन् । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१÷७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्नेबारे छलफल भएको छ । बैठकमा महालेखा परीक्षकको…
काठमडौं, १९ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर २ हजार ७५० दशमलव ८७ को विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार ६७७ पटक किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएको थियो । बुधबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये १०४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०४ धितोपत्रको मूल्य…
काठमाडौं, १९ मंसिर । नेपाल र चीन सरकारबीच बेल्ट एवं रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका हुन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भए पनि बीआरआईमा हुन सकेको थिएन । तर, नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख थियो । उक्त…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886