Author: Bizness Khabar
काठमाडौं, ४ बैसाख । बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस्तै उनीहरूले सुप्रिम सहकारीका अध्यक्ष, पधाधिकारी, व्यवस्थापक, वरिष्ठ कर्मचारीलाई तुरुन्तै कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो बाचा पूरा गर्न समेत आग्रह गरेका छन्…
काठमडौं, ४ बैसाख । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेका छन् । दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो । यस्तै बैठकमा पार्टी एकताका लागि दुवैतर्फको संगठनात्मक स्थितिबारे आपसमा जानकारी गराइएको थियो । उक्त बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरू महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो । त्यस्तै नेसपाको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले गत…
काठमाडौं, ४ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिन लागेका छन् । विश्वासको मत प्रयोनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । मधेश सरकारबाट कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९÷९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय…
काठमाडौं, ४ बैसाख । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाएको छ । यही वैशाखमा गरिएको परिपत्रमा केन्द्रीय सदस्य, स्ववियु सभापति एवं विभिन्न इकाई सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक–एक जना केन्द्रीय प्रतिनिधि तोकिएको हो । अनलाइन फारममार्फत प्रतिनिधि जान चाहेको पालिका छनोट गर्न परिपत्र जारी गरिएको थियो । यस्तै वैशाख ४ अर्थात आज केन्द्रीय प्रतिनिधिसँग जुममार्फत अन्तर्क्रिरया गर्ने कार्यक्रम समेत तय गरिएको छ । संघीय संरचनाअनुरूप ७५३ वटै पालिकाका विद्यालयहरूको शैक्षिक अवस्थाको अनुगमन, अध्ययन अनुसन्धान गरी सम्बन्धित स्थानीय सरकारलाई वैशाख ६ गते सुझाव र माग समेटेर ज्ञापनपत्र बुझाउने नेविसंघको तयारी…
काठमाडौं, ४ बैसाख । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । खतिवडा गत चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नियुक्त भएका हुन् । एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । यस्तै सदस्यमा भने माओवादी कोटाबाट पुनः सुवास अधिकारीलाई नै नियुक्त भएका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।
काठमाडौं, ४ बैसाख । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि पुनः दरखास्त आह्वान खुलाएको छ । यसअघि सीईओ पदका लागि खुलाएको दरखास्त आह्वानमा प्रयाप्त संख्यामा आवेदन नपरेकाले पुनः आवेदन खुलाइएको बैंकले जनाएको छ । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । साथै कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्ने बैंकले जनाएको छ । यस्तै चार्टर अकाउन्टेन्सी (सीए) अथवा…
वित्तीय सेवा लिनु अघि सर्तहरुबारे राम्ररी बुझेर मात्रै कागजातमा हस्ताक्षर गर्न राष्ट्र बैंकको आह्वान
काठमाडौं, ४ बैसाख । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो । राष्ट्र बैंकले जारी गरिएको सूचनामा भनिएको छ ‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व हो । ग्राहकहरुले वित्तीय सेवाहरु लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नु पर्छ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएको कागजको एकप्रति आफूले सुरक्षित राख्ने…
काठमाडौं, ३ चैत । जनता समाजवादी पार्टी (जसपा) ले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीइ कार्यकारिणी समिति बैठकले महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । उक्त कार्यतालिका अनुसार जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ । यस्तै बेठकले वैशाख ३ गतेभित्र संकलन गरिएका संगठित सदस्यता मात्रै मान्य हुने निर्णय पनि भएको छ । वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने र त्रुटि देखिएमा वैशाख १५ गतेभित्र सच्याउनुपर्ने जसपाले जनाएको छ । वैशाख १६ गते सदस्यता अभिलेख…
काठमाडौं, ३ बैसाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । शिक्षामन्त्रीको सचिवालयका अनुसार अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनिया, हिरा बहादुर महर्जन लगायतमाथि कारबाही सिफारिस गरेको थियो । २०७४…
काठमाडौं, ३ बैसाख । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपाल सेमिफाइनल पुगेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886