Author: Bizness Khabar
काठमाडौं, २७ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको हो । आज १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १० अर्ब २१ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २४ धितोपत्रको शेयर मूल्य बढ्दा २२५ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार १३ समूहको…
काठमाडौं, २७ श्रावण । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । श्रावण २१ गते सुरु भएको एक्स्पो एक लाख भन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन् । सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानिय तहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कुटनितिक नियोगका पदाधिकारी, तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको एक्स्पो सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको हो । समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाका अध्यक्ष, रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढि सफल भएको बताइन् । एक्स्पोका प्रायोजक…
काठमाडौं, २७ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २६ साउन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ बिन्दुमा कायम भएको हो । आज २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर किनबेच हुँदा १० अर्ब २१ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ३० धितोपत्रको शेयर मूल्य बढ्दा २२० को घटेको छ । यसदिन कुल ३२४ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये ११ ओटा उपसूचकको घटेको छ । यसदिन…
काठमाडौं, २६ साउन । माबिलुङ्ग इनर्जी लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओको वितरण प्रक्रिया पूरा भइसकेको सर्वसाधारणका लागि खुला गरेको हो । नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्दैछ । यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र बाँकी १३ लाख ५४ हजार २३५…
काठमाडौं, २५ साउन । बंगलादेशको प्रमुख निर्वाचन आयुक्त (सीईसी) एएमएम. नासिर उद्दिनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमनिर्वाचन हुने घोषणा गरेका छन् । शनिबार रंगपुरस्थित प्रदेशीय आयुक्तको सम्मेलन कक्षमा प्रशासन र सुरक्षा निकायसँग कानून–व्यवस्था विषयक विचार–विनिमय कार्यक्रममा सीईसी उद्दिनले १३ औं राष्ट्रिय संसदको चुनाव २०२६ को फेब्रुअरी पहिलो साता हुने घोषणा गरेको बंगलादेशको सरकारी समाचार एजेन्सी (बीएसएस)ले जनाएको छ । कार्यक्रममा उद्दिनले पत्रकारसँग भनेका छन, “निर्वाचन तालिका सम्भवतः नोभेम्बर महिनाको सुरुवातमा अर्थात् मतदान मिति भन्दा करिब दुई महिना अघि सार्वजनिक हुनेछ ।” सीईसी नासिर उद्दिनले समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको दोहोर्याउँदै, त्यसका लागि आवश्यक तयारी…
काठमाडौं, २५ साउन । आज सुन उच्च मूल्यबाट घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय मा कारोबार हुँदै उच्च रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २५ साउन । आज आइतबार (साउन २५ गते) काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ । यस दिन नेप्से, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहेका छन् । नेप्सेको मुख्य कार्यालय उपत्यकामा रहेकाले शेयर कारोबार पनि स्थगित हुनेछ, जसको कारोबार अब सोमबारदेखि मात्र पुनः सुरु हुनेछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा उपत्यकामा विशेष रूपमा धूमधामका साथ मनाइन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईको स्वरूपमा सिँगारेका मानिसलाई नगरपरिक्रमा गराउने, दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने परम्परा यसमा सामेल छ । धार्मिक विश्वासअनुसार यसरी नगरपरिक्रमा…
काठमाडौं, २३ साउन । शुक्रबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो । यसअघि गत मंगलबार (साउन २०) गते प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज तोडेको हो । यस्तै, आज चाँदीको…
काठमाडौं, २२ साउन । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९ईपान०, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम् चुनौतीहरू, ईपानले उठाएका विषय र त्यस सम्बन्धमा नेपाल बीमक संघ तथा पुनर्बीमकहरूको धारणा लगायतका विषयमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत क्षेत्रको बीमामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवम् राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल शुरू गरिएको बताए…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886