Author: Bizness Khabar

काठमाडौं, १५ असोज । थाइल्याण्डको राजधानी बैंककबाहिर प्राथमिक विद्यालयका ६० बालबालिका बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २० जना बालबालिकाको मृत्यु भएको छ । त्यस्तै १६ जना बालबालिका र तीन जना शिक्षकले भने भागेर ज्यान जोगाएका बीबीसीले जनाएको छ । उत्तरी प्रान्त उथाई थानीको बिद्यालयको शैक्षिक भ्रमण बाट फर्केका बालबालिका र शिक्षकहरू बोकेको बस दुर्घटना भएको हो । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्राले विद्यार्थीहरू राजधानीबाट करिब २५० किलोमिटर उत्तरमा रहेको उथाइ थानी प्रान्तबाट फिल्ड ट्रिपमा गएको बताएकी छिन् । बीबीसीका अनुसार अझै केही बिद्यार्थी र शिक्षकहरु हराइरहेका छन् । दुर्घटनामा परेको बस आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ ।…

Read More

काठमाडौं, १५ असोज । सत्तारुढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देशन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

Read More

काठमाडौं, १५ असोज । पृथ्वी राजमार्ग (नागढुंगा सडक) दुई घण्टाका लागि पुनः बन्द गरिएको छ । बिहीबार र शुक्रबार भएको अविरल वर्षाले भएको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो । झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ । लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ । झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो ।

Read More

काठमाडौं, १५ असोज । सरकारले होटल एभरेस्ट र बुटिक होटल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेपछि कारबाही गरेको हो । बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको विभागका महानिर्देशक राजन पौडेलले बताए । दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ । विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।

Read More

काठमाडौं, १५ असोज । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । बिहीबार र शुक्रबार भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । यस्तै अन्तर्राष्ट्रिय…

Read More

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका हुन् ।

Read More

काठमाडौं, १५ असोज । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन १ सय रुप्रयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको थियो । गत हप्ता शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँ कारोबार भएको सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । त्यसयता लगातार सुनको भाउ घटिरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदी यस दिन…

Read More

काठमाडौं, १५ असोज । राष्ट्रिय जनमोर्चा पार्टीले विपद् क्षति न्यूनीकरणमा सरकारले चरम लापरवाही गरेको आरोप लगाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट हुन सक्ने जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक नदेखिएको उल्लेख गरेका छन् । केसीले विज्ञप्तिमार्फत् भनेका छन्, ‘बाढीपहिरोबाट मानव वस्तीहरू, सडक बाटोघाटो, जग्गाजमीनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ । यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ ।’ बाढीपहिरो जोखिम रहेको ठाउँमा पनि सडक यात्राको जोखिमताप्रति सरकार सचेत नभएको जनमोर्चाको आरोप छ । ‘हामीले यी सबै…

Read More

काठमाडौं, १५ असोज । गत बिहीबारदेखिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै २८ जना बेपत्ता छन् भने १४३ जना घाइते छन् । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । हालसम्म ४ हजार ३३१ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले…

Read More

पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारी साधन काठमाडौँ भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए । ‘आजदेखि काठमाडौँ उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरनेछन्’, उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।’ आज दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा…

Read More