Author: Bizness Khabar

काठमाडौं, २ बैसाख । यस वर्ष (२०८१) सालको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ३५ अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर २ हजार २३ दशमलव ३५ को विन्दुमा बन्द भएको छ । आइतबार ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ६१ हजार ४२ पटक किनबेच हुँदा कुल ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । आज ३ सय २० धितोपत्रको कारोबार हुँदा १ सय २७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०८ धितोपत्रको मूल्य घटेकोे छ भने १० धितोपत्रको मूल्य स्थिर छ । यस्तै…

Read More

काठमाडौं, २ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडामा रहेकाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य गर्दैमा कांग्रेस आक्रोशमा आउन आवश्यक नभएको बताए । हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको खाली समय राख्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यको उपयुक्त समय यही भएको ओलीले बताए । उनले भने, ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल, अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन । अहिले ठीकै हो ।…

Read More

काठमाडौं, २ बैसाख । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुरु गरेको छ । यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्ने बैंकले जनाएको छ । उक्त अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । सो अभियानको अवधि वैशाख १ गतेदेखि वैशाख ३१ सम्म रहने बैंकले जनाएको छ ।

Read More

काठमाडौं, २ बैसाख । मार्च महिनामा भारतको खुद्रा मुद्रास्फीति ४ दशमलव ८५ प्रतिशतमा झरेको छ । भारतको संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति फेब्रुअरीको तुलनामा घटेको बताइएको छ । मान्त्रालयका अनुसार फेब्रुअरीमा भारतको मुद्रास्फीति ५ दशमलव ०९ प्रतिशत थियो । यस्तै खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ० दशमलव १४ प्रतिशत विन्दुले घटेको छ । फेब्रुअरीमा खाद्य मुद्रास्फीति ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले सबै राज्यलाई समेट्ने गरी १ हजार ११४ निश्चित सहरी बजार र १ हजार १८१ गाउँबाट मूल्य संकलन गरी विश्लेषण गरिएको बताएको छ ।

Read More

काठमाडौं, २ बैसाख । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै आफ्नो सुरक्षाको ध्यान दिन दिई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो । आइतबार दूतावासद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन् । आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा…

Read More

काठमाडौं, २ बैसाख । चालू आर्थिक वर्षको तिन महिना मात्रै बाँकी रहँदा सरकारको पूँजीगत खर्च निराशाजनक रहेको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार २०८० सालको अन्तिम दिन अर्थात चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास (चैत सम्म) मा सरकारको पूँजीगत खर्च ९७ अर्ब ३७ करोड ७४ लाख मात्र रहेको छ, जुन यस वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याइएको वार्षिक बजेट विनियोजनको ३२ दशमलव २४ प्रतिशत मात्र हो । सरकारले चालू आवका लागि पूँजीगत खर्चतर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बजेट विनियोजन गरेको थियो । यस्तै चालू आवको ९ महिनामा सरकाले चालूतर्फ रु. ६ खर्ब ४४ अर्ब…

Read More

काठमाडौं, २ बैसाख । पछिल्लो एक वर्षको अवधिमा बैंकको खराब कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ फागुनमा बैंकको खराब कर्जा (एनपिएल) ३ दशमलव ७३ प्रतिशत रहेको छ, जुन गत आवको फागुनको तुलनामा १ दशमलव १ प्रतिशत विन्दुले बढी हो । गत आवको सो अवधिमा बैंकको खराब कर्जा २ दशमलव ६३ प्रतिशत मात्र थियो । फागुनसम्ममा खराब कर्जा सबैभन्दा धेरै वित्त कम्पनीमा छ । सो अवधिमा वित्त कम्पनीको मात्रै ९ दशमलव १८ प्रतिशत खराब कर्जा रहेको छ । यस्तै बाणिज्य बैंक र विकास बैंकको खराब कर्जा क्रमशः ३.६३ प्रतिशत र ३.६१ प्रतिशत रहेको छ…

Read More

काठमाडौं, २ बेसाख । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए। सुरक्षा संवेदनशीलताका कारण नाका बन्द हुन लागेको उनको भनाइ छ। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिनेछ। भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो।…

Read More

काठमाडौं, २ बैसाख । नेकपा (एकीकृत समाजवादी) ले यही वैशाख १५ मा हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो । चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

Read More

काठमाडौं, २ बेसाख । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए । संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए । कांग्रेसले उक्त संसदिय छानविन समितिको माग गर्दै…

Read More