Author: Bizness Khabar

काठमाडौं, एसीसी प्रिमयर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दिउँसो सवा ४ बजेदेखि सुरु हुने खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । टि–२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोली सहभागी हुनेछन् । सहभागिमा नेपालसहित बहराइन, कम्बोडिया, हङकङ, कुवेत, मलेसिया, ओमन, कतार, साउदी अरबेया र यूएईबीच खेल हुँदै छ । त्यसमध्ये समूह ए मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र हङकङ रहेका छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । आज पहिलो खेल खेल्न लागेको नेपालले…

Read More

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् । याँ वर्षको अवसरमा शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने बताए । सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अहिले कांग्रेसको कारण नभै सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सरकारले संसदीय छानबिन समिति नबनाएसम्म…

Read More

काठमाडौं, ३० चेत । ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । गत बिहीबार आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एसियाली विकास बैंकका नेपाल…

Read More

काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ । नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएअनुसार लुम्बिनी प्रदेशमा अल्पमतमा परेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति…

Read More

काठमाडौं, २९ चेत । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदी सिफारिस भएका छन् । बिहिबार परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो । प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक १७ पुस र दोस्रो पटक २१ माघमा गरी दुई पटक आवेदन खुला गरेको थियो । छनोट तथा सिफारिस समितिमा परेका आवेदनहरूमध्ये ‘समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०७५’ मा तोकिएको छनोट प्रक्रियाका सम्पूर्ण चरणबाट सफल भएका सुवेदीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रालयले निर्देशकका लागि ६५ वर्ष उमेर…

Read More

काठमाडौं, २९ चैत । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृतमा ल्याइएको उक्त मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने कोषले बताएको छ । साथै नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको कोषले जनाएको छ । साथै इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको कोषले बताएको छ । इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड प्रयोग गरेर मोबाइल एपमा लगइन गर्न सकिने व्यवस्था गरेको…

Read More

काठमाडौं, २९ चैत । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । उक्त योजना अन्र्तगत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैंया वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि सो आकर्षक क्यासब्याक अफरको फाइदा लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुनेछ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना…

Read More

काठमाडौं, २९ चैत । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर पक्राउ गरेका म्यानेजिङ डाइरेक्टर (एमडी) र ल्याब प्रमुख रिहा भएका छन् । २६ चैतमा पक्राउ परेका कलेजका एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह बुधबार हाजिरी जमानीमा रिहा भएका हुन् । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएपछि उनीहरु बिरामी भएको दाबी गर्दै अस्पताल भर्ना भएका थिए । हिजो बुधबार उनीहरु…

Read More

काठमाडौं, २९ चैत । सरकारले यस वर्षको बसन्तयामको करिब डेढ महिनामा हिमाल आरोहणबाट ३४ करोडभन्दा धेरै रोयल्टी संकलन गरेको छ । पर्यटन विभागले सार्वजनिक गरेको ०१ मार्च देखि १० अप्रिलसम्मको तथ्याङ्क अनुसार सरकारले यस वर्षको बसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिएको आरोहीबाट ३४ करोड ४३ लाख ९९ हजारभन्दा धेरै रोयल्टी संकलन गरेको छ । सो अवधिमा ५५ समूहका ५१२ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन्, जसमध्ये ३ सय ९६ पुरुष र १ सय १६ महिला छन् । यस वर्षको बसन्तयाममा सगरमाथाका हिमाल आरोहणका लागि सबैभन्दा धेरै अनुमति दिइएको छ । विभागका अनुसार सगरमाथाको लागि १८ समूहबाट २०९ जनाले अनुमति…

Read More

काठमाडौं, २९ चेत । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०÷८१ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९÷८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो । केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ । चालु आवमा धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिनुका साथै निर्माण र व्यापार…

Read More