Author: Bizness Khabar
काठमाडौं, २९ चैत । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले दुई मन्त्रालय थप्ने निर्णय निर्णय गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले बताए । यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए । यो सँगै अब ७ वटा मन्त्रालयबाट ९ पुग्ने छ । यस सँगै मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । हालै एमाले लमजुङको अध्यक्षमा हार व्यहोरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय भएको हो । अधिकारीले गण्डकीमा सभामुखलाई समेत प्रयोग…
काठमाडौं, २९ चैत । दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले राजीनामा दिएका छन् । बुधबार भएको संसदीय चुनावमा सत्तारुढ पिपुल पावर पार्टीसँगको हारपछि उनले राजिनामा दिएका हुन् । राष्ट्रिय सुरक्षा कार्यालयका सचिवबाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रियसभाका तीन सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा चुनाव भएको थियो । यस्तै ४६ समानुपातिक…
काठमाडौं, २९ चैत । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (चौबिसै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए । उनका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबिसै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन् । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले लिनेछ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले…
काठमाडौं, २९ चैत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएर वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेरे आरोप लगाएका छन् । बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै कांग्रेसको राजनीतिक पूर्वाग्रहपूर्ण रहेको बताए । उनले भने, ‘रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो । रवि लामिछानेको केस अलग र सहकारी…
काठमाडौं, २९ चैत । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धन विजयी भएको छ । बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको छ । त्यस्तै राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ३२ वर्षयताको सबैभन्दा धेरै ६७ प्रतिशत भोट खसेको थियो । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।
काठमाडौं, २८ चैत । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन् । चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए । सरकारले गरेको सिफारिसभन्दा अघि नै दर्ता भएको समावेदनअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार…
काठमाडौं, २८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार कँडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।
काठमाडौं, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए । मतदानमा ५५ सदस्य सहभागी भएका थिए । मतदानअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका पुडासैनी र…
काठमाडौं, २८ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ७१ अङ्कले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर २ हजार २५ दशमलव ३० को विन्दुमा बन्द भएको छ । बुधबार ९७ लाख ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर ६१ हजार ४सय २० पटक किनबेच हुँदा कुल ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँको कारोबार भएको छ । आज ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६८ धितोपत्रको मूल्य बढेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ ।…
काठमाडौं, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने व्यवस्थाको प्राथमिकता दिएकोले यस विषयलाई कार्यान्वयनमा ल्याउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्ने र सेवालाई पूर्णतया निःशुल्क बनाउनुपर्ने बताए। यस्तै उनले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्तावेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्त गर्न नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्न जरुरी रहेको बताए । पौडेलले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886