Author: Bizness Khabar
काठमाडौं, ४ कार्तिक । धादिङको धार्के–सितापाइला सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सूचना जारी गरी सडक बन्दको जानकारी दिएका हुन् । धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौं, ४ कार्तिक । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा सिफारिस समितिमा बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को…
काठमाडौं, ४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन आइतबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो । अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ताले विरोध प्रदर्शन र ¥याली निकाल्ने र सरकारीपीडित समेत भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा आजै दिउँसो १२ः३० बजे रास्वपाले प्रदर्शन गरिरहेको छ । मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा…
काठमाडौं, ४ कार्तिक । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ । बोर्डका अनुसार परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन् । परीक्षा दिएकामध्य दुई जनाको परीक्षाफल रद्द भएको…
काठमाडौं, ४ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार एक सूचना जारी गर्दै बिहान पौने १द्द बजेदेखि निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म लागू हुने जनाएको छ । प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित…
काठमाडौं, ४ असोज । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवम् सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिचको सहकार्यमा…
अस्मिता सापकोटा काठमाडौं, ४ कार्तिक । विश्वमा समय समयमा नयाँ रोग देखापरिनै रहेका हुन्छन् । त्यससँगै त्यस्ता रोगका कीटाणु नष्ट गर्ने एन्टीबायोटिकको आविष्कार पनि भइरहेको छ । तर पछिल्लो समय रोगको न्यूनीकरणका लागि आविष्कार गरिएका एन्टिबायोटिकको अत्यधिक वा गलत प्रयोगले रोगका कीटाणु क्रमशः प्रतिरोधक हुँदै जाँदा सुपरबगको जोखिम बढिरहेको छ । यसले स्वास्थ्य सेवा प्रणालीमा ठूलो चुनौती थपेको छ । सुपरबगका कारण संक्रमण फैलिँदा विश्वका कयौँ मानिसले अकालमा ज्यान गुमाइरहेका छन् । के हो सुपरबग ? एन्टिबायोटिकले मार्न नसक्ने गरी प्रतिरोधक क्षमता (रेसिस्टेन्स) विकास गरेका ब्याक्टेरिया वा सूक्ष्मजीव नै सुपरबग हुन् । यी ब्याक्टेरियाको उपचार सामान्य एन्टिबायोटिकले गर्न नसकिने हुन्छ,…
काठमाडौं, ४ कार्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । सुनको मुल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि शुक्रबार एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन आइतबार नै तोडिएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजापछि…
काठमाडौं, ४ कार्तिक । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ । मिश्रको शव आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको छ । उनको आज दिउँसो १ बजे पशुपतिनाथमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट,…
काठमाडौं, २ कार्तिक । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनामा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसदमा विधेयक पेशसम्म छन् । अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताए । प्रवक्ता भट्टराईले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, व्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886