Author: Bizness Khabar
काठमाडौं, २ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आजबाट नेपाल र अमेरिकाबीच टी–२० सिरिज सुरु भएको छ । शुक्रबार भएको पहिलो खेल नेपालले जितेको छ । नेपालले अब दोस्रो खेल आइतबार खेल्नेछ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ । यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।
काठमाडौं, २ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए । मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरु अघि बढेको पौडेलले केसीलाई जानकारी गराएका थिए । मन्त्री पौडेलले भने,‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,’ ‘त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन्…
काठमाडौं, २ कार्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पूँजीको ९ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
काठमाडौं, २ कार्तिक । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो । नेपाल प्रहरी केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।
काठमाडौं, २ कार्तिक । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै १ लाख जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरद्वारा उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । यसपछि महानगरले गत भदौ २२ गते…
काठमाडौं, २ कार्तिक । विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए । बैठमा सरकार प्राकृतिक विपद्को पूर्व तयारी, खोज र उद्धारमा जिम्मेवार नभएको भनेर समीक्षा भएको उनले बताए । विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो ।
काठमाडौं, २ कार्तिक । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०%, पेय पदार्थमा १०%, र रुम चार्जमा १५% सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउनेछन् । कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री– स्टार स्तरको रिसोर्ट हो। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा…
काठमाडौं, २ कार्तिक । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ किर्तिमान बनाइरहेको छ । बुधबार देखि नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेको छ । जसअनुसार आज सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन शुक्रबार नै तोडिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँ रहेको चाँदी यस…
काठमाडौं, २ कार्तिक । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । नायब उपरीक्षक श्याम अर्यालका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द गर्न लागिएको हो । दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिंगन–काठमाडौं प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । केही साता अघि अविरल वर्षाको कारण भएको बढीपहिरोले उक्त सडक धेरै स्थानमा प्रभावित छ । हाल सडक सञ्चालनमा ल्याइए पनि सडक वरिपरिका माटो भने हटाइएको छैन ।
अस्मिता सापकोटा काठमाडौं, २ कार्तिक । सन् १९९० को दशकमा इन्टरनेटको आविष्कार पछि प्राविधिक विकासले ठूलो फड्को मारेको छ । २०२४ सम्म आइपुग्दा प्राविधिक विकासमा ठूलो प्रगति भईसकेको छ । प्रविधिको महत्वपूर्ण उपलब्धि बनेको छ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । आजका प्रायः प्राविधिक सेवा तथा प्रणालीमा यसको प्रयोग बढ्दो छ । यसैगरी नयाँ एआईको आविष्कार तथा परीक्षण पनि क्रमशः चलिरहेकै छ । २०२३ मा धेरै एआई च्याटबट परीक्षण भएका थिए भने २०२४ नयाँ एआई प्रणालीको आविष्कार र प्रयोगको वर्ष बनेको छ । २०२३ मा भएका सफल परीक्षणबाट नै २०२४ मा एआईको विकासमा ठूलो सफलता मिलेको हो । गुगल, माइक्रोसफ्ट जस्ता ठूला…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886