Author: Bizness Khabar
काठमाडौं, १ कार्तिक । सरकारको वित्त प्रणालीमा असन्तुलन देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च ८० अर्बभन्दा धैरै छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजसम्ममा सरकारले २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ भने खर्च ३ खर्ब २९ अर्ब २० करोड रुपैयाँभन्दा बढी गरेको छ । यद्यपि गत वर्षको तीन महिनाको तुलनामा भने सरकारको आम्दानी र खर्च दुबैमा वृद्धि भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्षको तीन महिनामा लक्ष्यको १७.४९ प्रतिशत मात्रै राजस्व संकलन भएको…
काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो एकसातामा कोषमा जम्मा भएको रकमबारे जानकारी दिएको हो । पछिल्लो सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । यस्तै स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार १०१, विद्युत उत्पादन कम्पनीले पाँच लाख ९६ हजार ७४५, नेशनल इन्सुरेन्स कम्पनीले दश लाख, राष्ट्रिय समाचार समितिले तीन लाख…
काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् । बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता भनिने युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको र भवन पनि बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन् । उनले उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन्। निवेदनमा भनिएको छ, ‘अख्तियारमा उनले दिएको निवेदनमा भनिएको छ, ‘विवादास्पद व्यापारी, सरकारी जग्गा हिनामिना एवम् जालसाझी मुद्धामासमेत दोषी ठहर भएका भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर…
काठमाडौं, १ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बैंकको बुधबार लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न १८औँ वार्षिक साधारणसभाले सेयरधनीका लागि ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश करसमेत गरी १२ प्रतिशत लाभांश पारित गरेको हो । सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आव २०८०÷८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाहलगायत वित्तीय विवरणसँग पारित गरेको छ । यस्तै, साधारणसभाले १०० रुपैयाँ दरले ३५ करोड बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम…
काठमाडौं, १ कार्तिक । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार प्रतितोला छापावाल सुन १ लाख ६१ हजार ८ सय रुयैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
काठमाडौं, १ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । मन्त्रालयले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पत्राचार गर्दै पशुपति गौशाला धर्मशाला खाली गराउने काम अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन दिएको हो । कोषले २३ असोजमा गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास परिषद्को असोज २० गते बसेको बैठकको निर्णयअनुसार पठाइएको पत्रले हाल उत्पन्न परिस्थितिले पशुपति क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न निर्देशन दिएको हो…
काठमाडौं, १ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई असोज २९ गते ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न अनुमति दिएको हो । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत छ ।सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउनुपर्नेमा यस कम्पनीको २६. २० प्रतिशत मात्रै छ । सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउन कम्पनीले एफपीओ जारी गर्न लागेको…
काठमाडौं, ३० असोज । नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार विहान ३ बजे चितवनस्थित निवासमा निधन भएको हो । नेकपा मालेको स्थायी कमिटीका परामर्श सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनको बुधबार नै अन्त्येष्टि गरिएको माले केन्द्रीय सदस्य परशुराम लामिछानेले जानकारी दिए । उनका अनुसार शोक सभामा माले महासचिव सीपी मैनालीका साथै विभिन्न दलका नेता कार्यकर्ता उपस्थित थिए । श्रेष्ठका एक छोरा र एक छोरी छन् ।
काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीसँग राजदूत युताकाले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुुई देशको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । भेटमा असोज ११ र १२ गतेको बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी थिए ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886