Author: Bizness Khabar

काठमाडौं, ३० असोज । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव २२ अङ्कले बढेको छ । यस अङ्कको वृद्धिसँगै आज परिसूचक २ हजार ७ सय ४२ दशमलव दशमलव ८८ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर ६५ हजार ८४५ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । आज ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २०६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३५…

Read More

काठमाडौं, ३० असोज । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड रुपैयाँ अर्थात् १ दशमलव ४ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह ३३ अर्ब ६० करोड (०.७ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ । चालू आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाबाट…

Read More

काठमाडौं, ३० असोज । संसारकै सबैभन्दा बढी धनी व्यक्तिहरूमध्यकेका एक एलन मस्कले अमेरिकी पूर्व राष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन डलर सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनाजी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएको खुलेको छ । मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो । जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस…

Read More

काठमाडौं, ३० असोज । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो । संसदीय सिुनुवाइ समितिले असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । सुनुवाइ समिति सचिवालयका अनुसार एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित र नियुक्ति प्रक्रियासँग सम्बन्धित उजुरी रहेको बताइएको छ । न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो…

Read More

काठमाडौं, ३० असोज । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले हालको चुक्ता पूँजीको आधा अर्थात् १ बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत पाएको हो । सेबोनले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासनको अनुमति दिइएको हो । हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ । हाल यस कम्पनीको सेयर मूल्य २७८ रुपैयाँ हाराहारीमा छ ।

Read More

काठमाडौं, ३० असोज । नेपाली बजारमा यस साताको कारोबारको दोस्रो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज १८ गते प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । आज सुनको मूल्य अघिल्लो दिन (मंगलबार)को तुलनामा प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ…

Read More

काठमाडौं, ३० असोज । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा रहेका दाहाल नेतृत्वको नेपाली संसदीय टोली र सुरसज्जासहितको थाइ संसदीय टोलीबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो । सो अवसरमा उनीहरुबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ । भेटमा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मंगलबार एकीकृत एक निर्देशन संशोधन जारी गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित सुविधामा रोक लगाएको हो । जसअनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन पाउने छैनन् । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको…

Read More

काठमाडौं, २३ असोज । अब सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ तोकेको हो । यसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लयाउनुपर्ने भएको छ । ‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको…

Read More