Author: Bizness Khabar

काठमाडौं, २३ असोज । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वर्ल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेका अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ । सोही स्थानका एक ग्राहकले २० पर्ने एक बोतल मिनरल वाटर एक सय तिरेको बिलसहित प्रशासनमा उजुरी गरेका थिए । उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना गर्दै…

Read More

काठमाडौं, २३ असोज । यही असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण  बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको राससमा उल्लेख छ । रौतहतमा १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती,…

Read More

काठमाडौं, २३ असोज । बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। रु. ० मै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरुलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्दन हुने विश्वास बैंकले बोकेको छ । विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको छ । डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र…

Read More

काठमाडौं, २३ असोज । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा शुभकामना दिँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । अध्यक्ष सिलवालले भने, “बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ, क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो, कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा…

Read More

अस्मिता सापकोटा काठमाडौं, २२ असोज । च्याट जिपिटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलको आविष्कारले नयाँ प्राविधिक युगको शुरूआत गरेको छ र यससँगै एआई द्रुत रुपमा विकास हुँदैछ । २०२४ का शुरुआती चरणको विश्लेषण गर्दा एआई नवप्रवर्तनको गति सुस्त हुने कुनै संकेत देखिँदैन, बरू यसले अझ गति लिने संकेत गर्छ । यस लेखमा यस वर्षका मुख्य केही एआई ट्रेन्डबारे चर्चा गरिएको छ । १. मल्टिमोडल एआई मल्टिमोडल एआई २०२४ को एक उत्कृष्ट कृत्रिम बौद्धिक प्रणाली हो । यसले लेख, भिडियो, इमेज लगायतलाई एकै पटक संयोजन गर्न सक्छ । त्यसैले यो एआईलाई अन्य भन्दा उत्कृष्ट मानिन्छ । यसले कुनै पनि लेखको व्याख्या…

Read More

काठमाडौं, २२ असोज । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो । यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो । मन्त्रालय मातहत पर्यटन विभागले हिमाल व्यवस्थापन गर्दै आएको छ । यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।…

Read More

काठमाडौं, २२ असोज । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । उनले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

Read More

काठमाडौं, २२ असोज । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् । उनका अुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । लामो समयदेखि नीजि क्षेत्रले एक उच्चस्तरीय आयोग बनाउन माग गर्दैआएका थिए ।

Read More

काठमाडौं, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् । प्रतिवेदनमा मतदाता अध्यावधिकको विषय, इभोटिङको विषय, निर्वाचनमा महिला सहभागिता र लैंगिक तथा समावेशीताको विषय समेटिएका छन् ।

Read More

काठमाडौं, २२ असोज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको ४४६औ संचालक समितिको बैठकले साढे ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी १८औं बार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीले पाउनेछन् । बैंकले साधारणसभा प्रयोजनका लागि पछि बुक क्लोजका लागि अलग्गै नोटिस जारि गर्नेछ । यसअवधिमा बैकको चुक्तापुंजी ३६ अर्ब १२ करोड रहेको छ भने पछिल्लो समय शेयरको दोस्रो बजारमा ग्लोबल आइएमई बैंकको शेयर प्रति कित्ता २५३ रुपैयाँमा कारोबार भएको थियो ।

Read More